प्याराडाइज इन्टरनेसनल कार्तिक महिनाको उत्कृष्ट म्यानपावर

काठमाडौँ। प्याराडाइज इन्टरनेसनल प्रा. लि. कार्तिक महिनाको उत्कृष्ट मेनपावर भएको छ । प्याराडाइज इन्टरनेसनल प्रा.लि ले कार्तिक महिनामा ५७५ जना कामदारहरू वैदेशिक रोजगारमा पठाएर महिनाकै उत्कृष्ट भएको हो । वैदेशिक रोजगार विभागको रिपोर्ट अनुसार प्याराडाइज इन्टरनेसनल प्रा.लिले कार्तिक महिनामा मात्र ५७५ जना कामदारहरूलाई वैदेशिक रोजगारमा पठाउनका लागि विभागमा फाइनल एप्रुभल लिएको छ । प्याराडाइज इन्टरनेसनल प्रा.लिले गत असोज महिनामा मात्र २९९ जना कामदारहरू वैदेशिक रोजगारमा पठाएको थियो।
वैदेशिक रोजगार विभागको रिपोर्ट अनुसार गत कार्तिक महिनामा २३,५५६ जना कामदारहरु वैदेशिक रोजगारीमा गएका छन् तीमध्ये २४८५ जना महिला रहेका छन्।

प्याराडाइज इन्टरनेशनल एक ISO प्रमाणित कम्पनी हो । प्याराडाइजले अन्तर्राष्ट्रिय बजारमा लगभग 23 वर्षदेखि काम गरिरहेको छ । यस अवधिमा प्याराडाइजले धेरै नेपाली कामदारहरूलाई अन्तर्राष्ट्रिय स्तरमा दक्ष र बहुमुखी अनुभवी कामदारहरुलाई वैदेशिक रोजगारीका लागि पठाईरहेको कम्पनीले जनाएको छ ।
प्याराडाइजले विभिन्न श्रेणीका जनशक्ति आपूर्ति गर्दै आएको छ । अदक्ष श्रमिक, अर्ध–दक्ष ट्रेड पर्सन, योग्य इन्जिनियर, चार्टर्ड एकाउन्टेन्ट, मेडिकल र प्यारामेडिकल स्टाफ,सुरक्षा गार्ड हरुलाई वैदेशिक रोजगारीमा पठाइरहेको छ । त्यसैगरी धेरै खाडी देशहरू जस्तै साउदी अरब, कतार, यूएई, कुवेत, ओमान, बहराइन र मलेसिया, लिबिया, जोर्डन, जापान र अन्य देशहरूमा पनि कामदारहरु पठाईरहको छ ।

Spread the love