काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले बडादसैको टीका जमरा नलगाउने जानकारी गराएकी छन् । सोमबार सन्देश जारी गर्दै उनले हालै सम्पन्न युवा पुस्ताको आन्दोलनको क्रममा धेरै युवाहरूले आफ्नो ज्यान गुमाउनु परेको पीडा सबैसामु ताजै रहेको हुनाले आफूले टीका जमरा नलगाउने र देशवासीहरूलाई समेत टीका लगाउने कार्यक्रम नरहेको जानकारी गराएकी हुन् ।
युवा पुस्ताहरूको अभुतपूर्व आन्दोलनको जगमा वर्तमान सरकार गठन भएको र यस सरकारले तोकिएको मितिमा प्रतिनिधिसभाको निर्वाचन गर्न कटिद्ध रहेको एवं देशमा सुशासन कायम गर्न सरकार प्रतिवद्ध रहेको पनिउनको भनाई छ ।
उनले बडा दसै २०८२ को पावन अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूलाई शुभकामना पनि व्यक्त गरेकी छन् ।