बागमती प्रदेश सभाको नयाँ भवन २७ साउनबाट सञ्चालनमा आउँदै

हेटौंडा । बागमती प्रदेश सभाको बहुप्रतिक्षित भवन यही २७ साउनदेखि औपचारिक रूपमा सञ्चालनमा आउने भएको छ।
प्रदेश सभा सचिवालयका सचिव रामकुमार पौडेलका अनुसार २७ साउनमा बस्ने प्रदेश सभाको बैठक पहिलोपटक नयाँ भवनमा आयोजना हुनेछ।सो दिन बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले विश्वासको मत लिने कार्यक्रम रहेको छ।
सचिव पौडेलले बताए अनुसार सभाहलको भित्री सम्पूर्ण निर्माण कार्य सम्पन्न भइसकेको छ भने माइक र जेनेरेटर जडानको अन्तिमत यारी भइरहेको छ।‘माइक र जेनेरेटरको काम सोमबारसम्म सकिन्छ।त्यसपछि २७ गतेको बैठक नयाँ भवनबाटै सञ्चालन हुनेछ,’पौडेलले भने।
यो भवनको शिलान्यास १० मंसिर २०७७ माभएको थियो ।झन्डै साढे चार वर्षको प्रतीक्षापछि निर्माण सम्पन्न भएको यो अस्थायी भवन सञ्चालनमा आए सँगै प्रदेश सभाको बैठक र कार्यसञ्चालन थप सहज हुने सचिवालयको विश्वास छ।

Spread the love