असार २ , काठमाडौँ । बुधवार सुनको मुल्यमा १ सयले गिरावट आएको छ । मङ्गलवार प्रतितोला ९३ हजार २ सयमा कारोवार भएको छापावाला सुनको मुल्य बुधवार प्रतितोला ९३ हजार १ सयमा कारोवार भइरहेको छ । बुधवार तेजावी सुनको मुल्य प्रतितोला ९२ हजार ६ सयमा कारोवार भइरहेको छ ।
बुधवार चाँदीको मुल्यमा ५ रुपैयाले वृद्दि भएको छ । मङ्गलवार प्रतितोला १ हजार ३ सय ५५ रुपैयामा कारोवार भएको चाँदीको मुल्य बुधवार प्रतितोला १ हजार ३ सय ६० रुपैयामा कारोवार भइरहेको नेपाल सुन चाँदी माहासंघले जनाएको छ ।
