यी ६ निर्माण कम्पनी परे कालो सूचीमा

काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले समयमै काम सम्पन्न नगर्ने ६ वटा निर्माण कम्पनीलाई कालो सूचीमा राखेको छ ।
कार्यालयले आज सूचना जारी गर्दै विभिन्न निकायबाट कालो सूचीमा राख्नको लागि लेखि पठाए अनुसार ती निर्माण कम्पनीलाई कालो सूचीमा राखिएको जानकारी दिएको हो ।
जिम्मा लिएको काम समयमै पूरा नगर्ने ति निर्माण कम्पनीलाई सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम एकदेखि तीन वर्षको लागि कालो सूचीमा राखिएको सूचनामा उल्लेख छ ।

कालो सूचीमा पर्ने कम्पनीहरुमा :

  1. B. Metal Craft Industries & Suppliers Pvt Ltd
  2. D Construction
  3. Sharma & Co Pvt Ltd  ( Dhulikjel Nirman Sewa Pvt Ltd)
  4. Bheri nadi Nirman seewa & pranab Suppliers
  5. Akanchhya Construction Pvt Ltd
  6. Bipin Construction Pvt Ltd

 

Spread the love