लन्डन पुगेर महासचिव राईले उठाए शिक्षकहरुका मुद्दा

काठमाडौं । लन्डनमा जारी इन्टरनेशनल ट्रान्सपोर्ट वर्कस फेडेरेशनको चालु विश्वकार्य समितिको बैठकमा काठमाडौंमा भइरहेको शिक्षकहरुको आन्दोलनका विषयमा चर्चा भएको छ ।
नेपालको तर्फबाट प्रतिनिधित्व गर्ने कार्य समिति सदस्यतथा टे«ड युनियन कांगे्रसका महासचिव अजय कुमार राईले नेपालभरका शिक्षकहरुले काठमाडौंमा गरिरहेको आन्दोलनलाई सम्बोधन गर्न सरकारले ढिला गरेकोप्रति आपत्ति जनाएका हुन् ।
गतवर्ष विद्यालय शिक्षा ऐन ल्याउने लगायतका विभिन्न मुद्दाम भएको सम्झौता सरकारले कार्यान्वयन नगर्नाले शिक्षकहरुले पुनः सडक आन्दोलनमा उत्रिदा विश्व समूदायमा नकरात्मक सन्देश गएको जिकिर गरे ।
जसमा एजुकेशन ईन्टरनेशनल लगायत नेपालका सबैजसो युनियनहरुले ऐक्यबद्धता जनाईसकेको अवस्थामा सरकार गम्भीर नभएकाले श्रमिक आन्दोलनप्रति राज्यको दृष्टिकोण सकारात्मक नदेखिएको बताएका हुन् ।
राईले नेपालका मुद्दाहरुबारे जानकारी गराउँदै आवश्यक सहयोगको अपिल समेत गरे । नेपालका मुद्दा उठाएलगत्तै फेडेरेशनका अध्यक्ष पेडडी कु्रमलिनले नेपालको श्रमिक आन्दोलन समस्यामा परेका जानकारी गराएकोमा धन्यबाद दिए । सो क्रममा नेपाली श्रमिक, शिक्षक तथा फाइनान्स क्षेत्रका श्रमिकहरुप्रति आइटीएफको सदभाव तथा सहयोग रहने प्रतिबद्धता व्यक्त गरे ।

Spread the love