काठमाडौं । नेपाली काङ्ग्रेसका सभापति शेर बहादुर देउवाले बिपि कोइरालाको नामबाट स्थापना भएको सहकारीले बद्नाम र आलोचना हुने काम नगर्ने विश्वास लिएको बताएका छन् ।
शनिबार काठमाडौंमा आयोजित वीपि स्मृति सामुदायिक सहकारी अस्पताल लिमिटेडको १७औं वार्षिकोत्सवमा उनले अहिले सहकारीको धेरै ठूलो बद्नामी भईरहेको भन्दै यस्तो अवस्था भएको सहकारीले सच्चा मान्यमा, राष्ट्रको लागि काम गर्नुपर्ने बताए ।
सोही कार्यक्रममा वीपि स्मृति सामुदायिक सहकारी अस्पताल लिमिटेडका अध्यक्ष एंव काङ्ग्रेसका नेता उमेश जंग रायमाझीले यो सहकारी रविको सहकारी नभएको भन्दै यसले भ्रष्टाचार र ठगि नगर्ने बताए ।
वीपि कोईरालाको नाममा खोलिएको संस्था भएको हुनाले लोपोन्मुख १० जातिलाई निस्शूल्क सेवा गर्ने र कुनै पनि आन्दोलनका घाइते र शहिद परिवारलाई पनि सेवा दिने निर्णयका साथ अगाडि बढेको उनको भनाई छ ।