काठमाडौं । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को १७औँ बैठकले वायु प्रदूषणका विषयमा छलफल गरेको छ ।
सोमबार बसेको परिषद्को १७ औँ बैठकले वायु प्रदूषण कम गर्न सम्पूर्णमा सचेतना फैलाउनु र नियन्त्रण गर्नका लागि जनशक्ति परिचालन गर्न समेत निर्देशन दिने निर्णय गरेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख ई. दिनेश प्रसाद भट्टले जानकारी दिए ।
साथै बैठकले जाजरकोटको भूकम्प र डोटी बझाङको भूकम्पले पुर्याएको विस्तृत क्षति आँकलन राम्रो गतिले गैइरहेको बताए । उनले ६ हजार घरको डिडिए आएको छ र त्योडिडिए १ महिना भित्र सम्पन्न गर्ने गरी टोली परिचालन गरिने समेत भट्टले बताए ।