वैदेशिक रोजगार व्यवसायी संघको प्रथम उपाध्यक्षमा अख्तर हुसेनको स्वतन्त्र उम्मेदवारी

काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको यहि चैत्र २९ गते हुने निर्वाचनमा वैदेशिक रोजगार व्यवसायमा लामो अनुभव बटुलेका ओभरसिज इम्प्लोइमेन्टका अध्यक्ष अख्तर हुसेनले प्रथम उपाध्यक्षमा स्वतन्त्र उम्मेद्धवारी दिने घोषणा गरेका छन ।
संघको नेतृत्वका लागि अप्राकृतिक दलगत गठबन्धन र तालमेल प्रति असन्तुष्टि जनाउँदै व्यवसायी हुसेनले व्यवसायीका पक्षमा काम गर्नका लागि कुनै पार्टीमा नलागि स्वतन्त्र रुपमा प्रथम उपाध्यक्ष पदमा उम्मेद्धवारी घोषणा गरेका हुन ।
तराई वैदेशिक रोजगार समाजका वरिष्ठ उपाध्यक्ष समेत रहेका हुसेन व्यवसायीमाझ परिचित पुराना मेनपावर व्यावसायी हुन । स्पष्ट वक्ताका रुपमा आफ्नो पहिचान बनाएका हुसेन अघिल्लो कार्यसमितिमा द्धितिय उपाध्यक्ष पदका लागि चुनावी मैदानमा उत्रिएका थिए ।
संघलाई पार्टीमुख् नभई व्यवसायीमुखी बनाउनुपर्छ भन्ने मान्यता राख्ने हुसेन संघको ३२ बर्षको इतिहाँसमा राजनैतिक पार्टीले व्यवसायीलाई दुःखबाहेक केही नदिएकोले त्यसलाई चिर्न स्वतन्त्ररुपमा उम्मेदवारी घोषणा गरेको बताउँछन ।
संघको प्रथम उपाध्यक्षमा नरेश गेलाल प्यानलबाट सुजित कुमार श्रेष्ठ र भुवन गुरुङ प्यानलबाट नरेन्द्र ढकालले यस अगाडि नै उम्मेदवारी घोषणा गरिसकेका छन । हुसेनलाई स्वतन्त्र ब्याबसायीहरु र तराई वैदेशिक रोजगार समाजले समर्थन गरेका छ्न ।

Spread the love