श्रम र रोजगार प्रवद्र्धनमा साझेदारी आवश्यक :मन्त्री भण्डारी

काठमाडौं । श्रम तथा रोजगारका क्षेत्रमा संगठित र समन्वयात्मक तवरले कार्य गर्नसरकारले आन्तरिक रोजगार प्रवद्र्धन दशकको रणनीतिक योजना तयार गर्नु परेकोश्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत सिंह भण्डारीले बताएका छन् ।
स्वीस कन्ट्याक्स्टको स्टेपअप परियोजनाको समापनमा बोल्दै श्रममन्त्री भण्डारीले नेपाल र नेपालीको समृद्धी नेपाली कै हातमा रहेको हुनाले नयाँ र प्रभावकारी तवरले इमान्दारीपूर्वक काम गर्नुपर्ने अवस्था रहेको बताएका हुन् ।
रोजगार र आर्थिक बिकास एक आपसका परिपूरक रहेको बताउँदै आगामी दशकमा सरकारले श्रमिकको माग सिर्जना, दक्ष श्रमिकको आपूर्ती र आर्थिक बिकासको लागि श्रम बजार प्रवद्र्धन गर्ने जस्ता सबै रोजगार शृङ्खलामा श्रम मन्त्रालयले काम गर्ने योजना रहेको बताए ।
नागरिकलाई एकीकृत तवरले स्थानीय तहको नेतृत्वमा सबै श्रम तथा रोजगार सेवा प्रवाह हुनेगरी तीनै तहको सरकारका साझा नीति तथा रणनीति तयारी अन्तिम चरणमा रहेको जनाए ।
संविधानको समन्वय, सहकार्य र सहअस्तित्वको आधारमा स्वीस कन्ट्याक्टको प्राविधिक सहयोगमा निर्मित कोशी सरकारको श्रम संसार डिजिटल पोर्टललाई अन्तरास्ट्रिय श्रम दिवश देखी सबै स्थानीय तहमा बिस्तार हुने जानकारी दिदै मन्त्री भण्डारीले अन्तर तह अन्तर निकाय समन्वय र सहकार्यलाई ब्यापकता दिने उल्लेख गरे े।
समपान कार्यक्रममा बिराटनगर महानगरपालि र दुहबी नगरपालिकाका नगर प्रमुख तथा स्वीस कन्ट्याक्टका प्रतिनिधीहरुले सम्बोधन गरेका थिए ।

Spread the love