श्रावण एता ८० नेपाली कामदार अमेरिका गए, असोजमा मात्र २१ जना

गत असोज महिनामा मात्र २१ जना नेपाली कामदार अमेरिका गएका छन् । वैदेशिक रोजगार विभागका अनुसार असोज महिनामा मात्र २१ जना नेपाली कामदार अमेरिका गएका हुन् । पछिल्लो समय विकसित देशहरुमा पनि श्रम स्वीकृति लिएर कामदारहरु जाने क्रम बढेको छ ।
अमेरिका विश्वका मानिसहरुको सपनाको मुलुक रहंदै आएको छ । लाखौं मानिसहरु ज्यान जोखिममा पारेर अवैध बाटोबाट अमेरिका जाने गरेका छन् । अवैध बाटोबाट अमेरिका जाने क्रममा कतिपयको ज्यान समेत जाने गरेको पाइएको छ ।
वैदेशिक रोजगार विभागका अनुसार गत साउन यता मात्र ८० जना नेपाली कामदार वैदेशिक रोजगारका लागि अमेरिका गएका छन् । साउनमा ३१ जना र भदौमा २८ जना नेपाली कामदार अमेरिका गएका छन् ।

Spread the love