वैदेशिक रोजगार बोर्डकोे सफ्टवेयरमा समस्या आएपछि बोर्डले दिने सेवा प्रभावित भएको छ ।
बोर्डको सचिवालयबाट वैदेशिक रोजगारीमा गएर मृत्यु भएका तथा अंगभंग भएका कामदार र उनीहरुका परिवारलाई प्रदान गरिने आर्थिक सहायता वितरण लगायतको काम रोकिएको हो ।
वैदेशिक रोजगार सन्तती छात्रवृत्ति प्रदानमा प्रयोग हुने सफ्टवेयरको सर्भरमा केही दिनदेखि समस्या आइरहेको बोर्डले सूचना जारी गरेर जानकारी दिएको छ । सर्भर मर्मतको काम भइरहेकोले पुनः सुचारु गर्न अझै केही दिन समय लाग्ने बोर्डले सूचनामार्फत जानकारी दिएको छ ।
इमेल मार्फत वा भौतिक रुपमा उपस्थित भई दिएको निवेदन संकलन कार्य भने निरन्तर रुपमा सुचारु भइरहेको सूचनामा उल्लेख छ ।