काठमाडौं । विधायन व्यवस्थापन समितिमा पानी जहाज सम्बन्धी विधेयक, २०८१ मा दफावार छलफल भएको छ ।
मंगलबार सिंहदरबारस्थित राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको सभाकक्षमा पानी जहाज(सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ मा दफावार छलफल भएको हो ।
छलफलमा बोल्दै भौतिक तथा पूर्वाधारमन्त्री देवेन्द्र दाहालले पर्याप्त छलफल गरेर विधेयकलाई चाँडो टुङगो लगाउन पर्नेमा जोड दिए । त्यस्तै उनले विधेयकमा त्रुटी भएका शब्दहरुलाई सच्याउन समेत सुझाए ।