काठमाडौं । नेपाल सरकारले ल्याएको सामाजिक सञ्जाल सञ्चालनसम्बन्धी निर्देशिका र त्यसअनुसार केही प्लेटफर्महरूमा लगाइएको प्रतिबन्धप्रति नेपाल एशोसिएशन फर सफ्टवेयर एण्ड आईटी सर्भिस कम्पनीज (ल्ब्क्–क्ष्त्) ले गम्भीर चासो व्यक्त गरेको छ।
विज्ञप्तिमा उल्लेख गरिएअनुसार ग्राहकहरूसँगको संचार अवरुद्ध हुनु, परियोजना समन्वयमा ढिलाइ, तथा व्यावसायिक निरन्तरता संकटमा पर्नु जस्ता समस्याहरू उत्पन्न भएका छन् । NAS–IT ले नेपाल सरकारलाई प्रतिबन्ध यथाशीघ्र हटाउन र दीर्घकालीन समाधानका उपाय खोज्न विनम्र आग्रह गरेको छ।
NAS–IT को भनाइमा, ‘विश्व बजारमा नेपालको छवि र बढ्दो अवसर कायम राख्नका लागि सञ्चार माध्यममा अविच्छिन्न पहुँच अपरिहार्य छ।’ साथै संगठनले सरकारको सुरक्षित र जिम्मेवार डिजिटल वातावरण सुनिश्चित गर्ने प्रयासलाई समर्थन जनाउँदै, सेवा अवरुद्ध नगरी समाधान खोज्न तत्पर रहेको जनाएको छ।