सुन चाँदीको मूल्य बढ्यो

काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा प्रति तोला एक हजार ७०० रुपैयाँले बढेको हो ।
बुधबार १ लाख ८९ हजार ८०० रुपैयाँमा कारोवार भएको छापावाला सुन आज प्रतितोला १ लाख ९१ हजार ५०० रुपैयाँमा कारोवार भैइरहेको छ ।
यसैबीच चाँदीको मूल्य पनिबढेको छ । अघिल्लो दिन तोलामा १ हजार ९९० रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार बढेर २ हजार २५ रुपैयाँ कायम भएको हो ।

Spread the love