सुनको मूल्यले फेरि बनायो नयाँ रेकर्ड

काठमाडौं। नेपाली बजारमा सुनको मूल्यले एकपछि अर्को रेकर्ड कायम गर्दै आएको छ। ऋाज एकैदिन सुन तोलामा ३ हजार ९०० रुपैयाँले बढेर फेरि नयाँ रेकर्ड कायम गरेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज ३ हजार ९०० रुपैयाँले बढेको सुन तोलाको १लाख ८५ हजार पुगेको छ । अघिल्लो दिन बिहीबार एक तोला सुनको मूल्य १ लाख ८१ हजार ३०० रुपैयाँ कायम भएको थियो ।
सुनको मूल्य बढेसँगै चाँदीको भाउपनि बढेको छ। आज एक तोला चाँदीको मूल्य १९ सय५ रुपैयाँ पुगेको छ। बिहीबार प्रतितोला चाँदी १९ सय रुपैयाँमा कारोबार भएको थियो ।

Spread the love