नेपाल–चीन कूटनीतिक सम्बन्धको ७० वर्ष, चिनियाँ सहयोगको प्रशंसा

काठमाडौं । नीति अनुसन्धान संस्थान र राष्ट्रिय अन्तर्राष्ट्रिय रणनीति संस्थान (नेशनल इन्स्टिच्यूट अफ इन्टरनेशनल स्ट्राटेजी)बीच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमको बीच उक्त समझदारी पत्रमा हस्ताक्षर भएको हो ।
यस्तै, आजबाट नै नेपाल–चीन कूटनीतिक सम्बन्धको ७० वर्षको अवसरमा ‘साझा भविष्यतर्फ अघि बढ्ने, नेपाल चीन रणनीतिक सहकार्य साझेदारीको दृष्टिकोण र सम्भावना सम्बन्धी’ सेमिनार पनि आयोजना गरिएको छ ।


सोही क्रममा परराष्ट्र मन्त्रालयका सचिव अमृत बहादुर राईले नेपाल र जनवादी गणतन्त्र चीनबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७० औं वार्षिकोत्सवको अवसरमा आयोजित सेमिनारको उदघाटन सत्रमा उपस्थित हुन पाउँदा खुशी लागेको बताए ।
यस्तै, उनले चीनले नेपाललाई पूर्वाधार, स्वास्थ्य, शिक्षाको क्षेत्रमा सहयोग गरेको भन्दै नेपाल र चीनबीच एकदमै लामो आर्थिक सहकार्यको इतिहास पनि रहेको बताए ।

Spread the love