दुवै पक्ष मिलेर जोखिम न्यूनिकरणमा लाग्न गृहमन्त्रीको आग्रह

काठमाडौं । गृहमन्त्री रमेश लेखकले गैरसरकारी र सरकारी दुवै पक्ष मिलेर जोखिमलाई न्यूनिकरणको काममा लाग्नुपर्ने बताएका छन् ।
मंगलबार मनसुन पूर्व तयारी सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रममा उनले गैर सरकारी, निजी क्षेत्र र राष्ट्रिय अन्तर्राष्ट्रिय संस्थाहरु सबै मिलेर जोखिम न्यूनिकरण र व्यवस्थापन गर्ने काममा लाग्नुपर्ने बताए ।
यस्तै, उनले मनसुनको समयमा हुने विपदका जोखिमहरु न्यूनिकरण गर्ने र विपद भयो भने त्यसको व्यवस्थापन कसरी गर्ने भनेर विपद् प्राधिकरणले निरन्तर छलफल र तयारीहरु गरिरहेको पनि बताए।

Spread the love