माघ १७,काठमाडौं । सोमबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।

छापावाल सुन प्रतितोला चार सय रुपैयाँले घटेको छ । गत बुधबारदेखि नियमित ओरालो लागेको सुनको मूल्य आज पनि घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार छापावाल सुनको मूल्य ९१ हजार ८ सय रुपैयाँ तोकिएको छ । यस्तै तेजाबी सुनको मूल्य ९१ हजार ३ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ । आइतबार प्रतितोला ९२ हजार २ सय रुपैयाँमा छापावाल र ९१ हजार ७ सय रुपैयाँमा तेजाबी सुनको कारोबार भएको थियो ।
आज चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले घटेको छ । आइतबार प्रतितोला १२ सय ५० रुपैयाँमा खरिद बिक्री भएको चाँदीको मूल्य आज १२ सय ४० रुपैयाँ कायम भएको छ ।

The following two tabs change content below.
Nepal's First Business Television.
Latest posts by Business TV Nepal (see all)
- सबै नागरिकले स्वास्थ्योपचार राम्रोसँग पाउनसक्ने ग्यारेन्टीसहितको नीति बनाउन आवश्यकः विज्ञहरु - February 4, 2023
- बैंक एकाउन्ट ह्याक गरी रकम निकाल्ने कार्यमा संलग्न ८ जना पक्राउ - February 3, 2023
- एनआरएस स्पोर्ट्स फाउण्डेशनले रन फर ओबेसिटी म्याराथन फागुन २० गते हुने - February 3, 2023
Comment here