सोमबार सुनको मूल्यमा सामान्य गिरावट

माघ १७,काठमाडौं । सोमबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।

छापावाल सुन प्रतितोला चार सय रुपैयाँले घटेको छ । गत बुधबारदेखि नियमित ओरालो लागेको सुनको मूल्य आज पनि घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।  सोमबार छापावाल सुनको मूल्य ९१ हजार ८ सय रुपैयाँ तोकिएको छ । यस्तै तेजाबी सुनको मूल्य ९१ हजार ३ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ । आइतबार प्रतितोला ९२ हजार २ सय रुपैयाँमा छापावाल र ९१ हजार ७ सय रुपैयाँमा तेजाबी सुनको कारोबार भएको थियो ।

आज चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले घटेको छ । आइतबार प्रतितोला १२ सय ५० रुपैयाँमा खरिद बिक्री भएको चाँदीको मूल्य आज १२ सय ४० रुपैयाँ कायम भएको छ ।

Spread the love