अपर हेवाखोला हाइड्रोपावर कम्पनीको आइपीओ निष्कासन

अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडले आइपीओ निष्कासन तथा बिक्री गरेको छ । कम्पनीले ५ लाख कित्ता साधारण सेयरको बिक्री खुलाएको छ। आइपीओमा न्युनतम १० कित्ता र अधिकतम १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन्।
कम्पनीले आयोजना प्रभावित क्षेत्र संखुवासभा जिल्लाका बासिन्दाका लागि मंगलबारदेखि आइपीओ बिक्री खुलाएको हो । प्रभावित क्षेत्रका बासिन्दापछि दोस्रो चरणमा कम्पनीले सर्वसाधारणका लागि आइपीओ खोल्ने तयारी गरेको छ।कम्पनीको आइपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड छ।

Spread the love