अपि पावर कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । कम्पनीको विवरण अनुसार विद्युत बिक्री आम्दानी १ अर्ब नाघेको छ ।
गत आर्थिक वर्षको अन्त्य सम्ममा कम्पनीले विद्युत बिक्रीमाफर्त १ अर्ब २४ करोड रुपैयाँ आम्दानी गरेको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १७९.५८ प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्ष कम्पनीको यस्तो आम्दानी ३३ करोड ८३ लाख रुपैयाँ मात्र थियो।
विद्युत बिक्री आम्दानी बढेसँगै कम्पनीको खुद नाफा पनि उच्च दरमा बढेको छ। समीक्षा अवधिमा कम्पनीको खुद नाफा ९३२.११ प्रतिशत बढेर ४५ करोड ६५ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्ष कम्पनीले ४ करोड ४२ लाख रुपैयाँ मात्र खुद नाफा कमाएको थियो।
कम्पनीको कुल नाफा २११.६० प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा २९९.२४ प्रतिशत बढेको छ । त्यस्तै, कम्पनीको वित्तीय खर्च पनि १३७.३३ प्रतिशत बढेको छ।
नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि उल्लेख्य बढेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ६ रुपेयाँ ८२ पैसा बढेर ७ रुपैयाँ ८९ पैसा पुगेको छ। असार मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १०९ रुपैयाँ ७३ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात २४.२१ गुणा रहेको छ ।