नेपाल राष्ट्र बैंकले समयमा नवीकरण नगरेका दुई मनिचेन्जर कम्पनीको इजाजत रद्द गरेको छ । बैंकले रेन्बो मनी एक्सचेन्ज प्रालि (ठमेल) र कसा मनी एक्सचेन्ज प्रालि (पुल्चोक) को इजाजत रद्द गरेको जनाएको छ । बिहीबार नेपाल राष्ट्र बैंकले सूचना जारी गरी तोकिएको समयमा नवीकरण नगरेकाले ती दुई कम्पनिलाई कारबाही गरिएको जानकारी दिएको हो।
नेपाल राष्ट्र बैंकले जारी दगरेको सूचनामा मनिचेन्जर इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ (चौथो संशोधन) को विनियम १९ को उपविनियम (३) मा भएको व्यवस्थाबमोजिम तोकिएको समयमा नवीकरण नगरेकाले इजाजतपत्र रद्द गर्ने निर्णय भएको व्यहोरा उल्लेख छ ।