अमेरिका पठाइदिन्छु भन्दै २६ लाख ठगी गरेको आरोपमा एक जन पक्राउ

काठमाडौं । अमेरिका पठाइदिन्छु भन्दै २६ लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा काठमाडौंको बुढानीलकण्ठ-३ का भैरवबहादुर ठकुरी छन् । मासिक तीन लाख रुपैयाँ तलब हुन्छ भन्दै वैदेशिक रोजगारीको प्रलोभन दिइ आफूबाट २६ लाख रुपैयाँ ठगी गरेको उजुरी कृतेश खरेलले प्रहरीमा गरेका थिए । त्यसपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको टोलीले ठकुरीलाई बुढानीलकण्ठ-४ पासीकोटबाट बुधबार पक्राउ गरेको हो ।
थप अनुसन्धान तथा कारबाहीका लागि उनलाई वैदेशिक रोजगार विभाग ताहाचलको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

Spread the love