आइतबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । छापावाल सुन प्रतितोला चार सय रुपैयाँले घटेको छ । गत बुधबारदेखि नियमित ओरालो लागेको सुनको मूल्य आज पनि घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार छापावाल सुनको मूल्य ९२ हजार २ सय रुपैयाँ तोकिएको छ । यस्तै तेजाबी सुनको मूल्य ९१ हजार ७ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ । शुक्रबार प्रतितोला ९२ हजार ६ सय रुपैयाँमा छापावाल र ९२ हजार एक सय रुपैयाँमा तेजाबी सुनको कारोबार भएको थियो ।
आज चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले घटेको छ । शुक्रबार प्रतितोला १२ सय ६५ रुपैयाँमा खरिद बिक्री भएको चाँदीको मूल्य आज १२ सय ५० रुपैयाँ कायम भएको छ ।