आईसीसी क्रिकेट विश्वकपमा नेपाल स्कटल्याण्डसँग खेल्दै

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आज नेपाल स्कटल्याण्डसँग खेल्दैछ ।
आइतबार स्कटल्याण्डको डुन्डेस्थित फोर्टहिल क्रिकेट मैदानमा अपराह्न पौने ४ बजे हुने त्रिदेशीय एक दिवसीय शृङ्खलामा नेपाल स्कटल्याण्डसँग खेल्दैछ ।
यस अघिका शृङ्खलाको पहिलो खेलमा नेपालले घरेलु टोली स्कटल्याण्ड माथि एक विकेटको रोमाञ्चक जित कानिकालेको थियो भने दोस्रो खेलमा नेदरल्याण्ड्स पनि पराजित भएको थियो ।
१४ खेल खेलेको नेपाल १० अङ्क सहित सातौँ स्थानमा छ । शृङ्खलामा अमेरिका २० खेलमा २८ अङ्कसहित शीर्ष स्थानमा छ ।
यस्तै, नेदरल्याण्ड्स २२ खेलमा २६ अङ्क सहित दोस्रो तथा ओमान २० खेलमा २४ अङ्क सहित तेस्रो स्थानमा छ ।
स्कटल्यान्ड १८ खेलमा २२ अङ्कका साथ चौथो स्थानमा रहँदा क्यानडाको २० खेलमा २० तथा नामिबियाको २० खेलमा १४ अङ्क छ ।

Spread the love