आज अन्तर्राष्ट्रिय लागू पदार्थ तथा अवैध तस्करी विरुद्ध दिवस मनाईदैँ

 

काठमाडौं । अन्तर्राष्ट्रिय लागू पदार्थ तथा अवैध तस्करी विरुद्ध दिवस-हरेक वर्षको जुन २६ लाई अन्तर्राष्ट्रिय लागू पदार्थ तथा अवैध तस्करी विरुद्ध दिवसका रुपमा मनाउने गरिन्छ ।
उक्त दिवस मनाउने निणर्य संयूक्त राष्ट्रसंघको सन् १९८७ को घोषणापत्रको ४२ को ११२ खण्डमा उल्लेख गरिएको रहेछ । दिवस मनाउँनुको मुख्य उदेश्य भनेको विश्व समुदायलाई लागुऔषधको असर र कारोवारबाट मुक्त गराउनु हो ।
‘जीवन बचाऔँ’ भन्ने नाराका साथ अन्तर्राष्ट्रिय लागू पदार्थ तथा अवैध तस्करी विरुद्ध दिवस मनाउन लागिएको हो । यो दिवस लागू औषध दुरुपयोग र सम्बन्धित स्वास्थ्य समस्याहरू रोक्न लागू औषध र यसको प्रभावहरूको बारेमा सही जानकारी प्रदान गर्ने महत्वमा केन्द्रित छ ।
मनोविज्ञहरुका अनुसार युवाहरु सबैभन्दा बढि लागु औषध प्रयोग र त्यसको कारोबारमा लागेका हुन्छन् । थोरै समयमा धेरै पैसो कमाउने लोभ र नशाको लतले झन् युवाहरूलाई लागूऔषतको जोखिममा पारिरहेको देखिन्छ ।
विश्वमा गएको शताब्दीबाट लागु औषधको कारोबार बढेको पाइन्छ, लागु औषधको असन्तुलित प्रयोगले मात्र विश्वमा हरेक वर्ष १ लाख ९० हजार मान्छे मर्ने गर्दछन् ।
सन् २००१ मा भारतमा सरकार र अल ईण्डिया मेडिकल स्कुलको संयुक्त सर्भेक्षणबाट करिब ७ करोड २५ लाख मान्छे लागु औषध प्रयोग गर्ने पाइएको थियो भने यो संख्या अहिले दोब्बर भन्दा बढि भएको अनुमान गर्न सकिन्छ । खुल्ला सिमाना अनि प्रत्यक्ष प्रभावका कारण नेपाल पनि यस समस्याबाट अछुतो छैन, लागु औषध कारोबारले अपराध र अराजकता निम्त्याउनु गर्दछ ।
नेपालमा पनि लागु औषधको कारोबार र प्रयोग सन् १९६० पश्चात्को हिप्पी संस्कारपछि बढ्दै गएको पाइन्छ, गाँजाको अनधिकृत खेती र भारतबाट सहजै आयात गर्न मिल्ने पदार्थ र फितलो राज्यव्यवस्थाका कारणले अहिले नेपाल पनि लागु औषधको कार्य भूमि बन्दै गएको पाईन्छ ।
चुरोट, गाँजा जस्ता लागु औषध किनेर खाने र सुई हान्ने काम पनि नेपालमा बढ्दो क्रममा रहेको छ । यस्तो प्रकारको पदार्थ सेवन गर्नु भनेको आधुनिक र समयसापेक्षित बन्नु हो भन्ने युवाहरुमा आएको विचारका कारण पनि युवाहरु यसको कुलतमा फसेको देख्न सक्छौ ।
कलेजको बाहिर, चिया पसलमा बसेर चुरो उडाउनु र गाँजा फुक्नु अहिले सामान्य विषय बनेको छ जुन देशको लागि हानिकारक बन्न सक्छ । देशका शक्ति भनिएका युवाहरु नै आफूलाई मार्नतिर लागेका छन् भने हाम्रो देशको अवस्था कस्तो होला अनुमान गर्न सकिन्छ ।
सडक बालबालिकाले डेन्ड्राइट नामक सुँघेर नशा लाग्ने तत्वको प्रयोग खुलेआम गर्दा पनि प्रशासन लगभग मौन नै देखिन्छ । नेपालका विभिन्न सहरहरूमा व्यवसाहीक रूपमै खोलिएका दुर्व्यसन सुधार केन्द्रहरू अनि तिनको व्यवसाहीक सफलताले हाम्रो समाजको वास्तविकता झलकाउने गर्दछ ।
उता नेपालमा कमजोर राज्यव्यवस्थाको उपयोग गर्दै लागु औषध तस्करका ठुलै सञ्जाल सक्रिय रहेको पनि पाइन्छ । उनीहरूको सञ्जाल विमानस्थल, भन्सार, सीमा अनि आयात निर्यात केन्द्रमा प्रभावशाली रहेको पाइन्छ ।
आजको दिन हामी सबैले लागु औषधको कारोबार र तस्करका विरुद्ध कानुन र त्यसको प्रभावकारी कार्यान्वयन गर्नुपर्ने देखिन्छ । नेपाल सरकार, समुदायर सरोकारवाला संस्थाहरुले पनि यस विषयमा गम्भीर भएर सोच्न आवश्यक देखिन्छ ।

Spread the love