काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आज (बिहीबार)का लागि विदेशी मुद्राको विनिमय दर सार्वजानिक गरेको छ ।
जस अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३९ रुपैयाँ ०१ पैसा र बिक्रीदर १३९ रुपैयाँ ६१ पैसा कायम भएको छ।
यस्तै,युरोपियन युरो एकको खरिद दर १६१ रुपैयाँ ८८ पैसा र बिक्री दर १६२ रुपैयाँ ५८ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिद दर १८७ रुपैयाँ ४८ पैसा र बिक्री दर १८८ रुपैयाँ २९ पैसा, स्विस फ्र्याङ्क एकको खरिद दर १७२ रुपैयाँ ११ पैसा र बिक्री दर १७२ रुपैयाँ ८५ पैसा,अष्ट्रेलियन डलर एकको खरिद दर ८९ रुपैयाँ ४५ पैसा र बिक्रीदर ८९ रुपैयाँ ८३ पैसा, क्यानेडियन डलर एकको खरिद दर १०० रुपैयाँ १८ पैसा र बिक्री दर १०० रुपैयाँ ६२ पैसा, सिङ्गापुर डलर एकको खरिद दर १०८ रुपैयाँ १३ पैसा र बिक्री दर १०८ रुपैयाँ ६० पैसा निर्धारण गरिएको छ ।
जापानी येन १० को खरिददर नौ रुपैयाँ ४२ पैसा र बिक्री दर नौ रुपैयाँ ४६ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ३७ पैसा र बिक्री दर १९ रुपैयाँ ४५ पैसा, साउदी अरेबियन रियाल एकको खरिद दर ३७ रुपैयाँ ०४ पैसा र बिक्रीदर ३७ रुपैयाँ २० पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ १४ पैसा र बिक्री दर ३८ रुपैयाँ ३० पैसा तोकिएको छ ।
त्यस्तै,केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिद दर चार रुपैयाँ २७ पैसा र बिक्री दर चार रुपैयाँ २९ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ ८५ पैसा र बिक्री दर ३८ रुपैयाँ ०१ पैसा, मलेसियन रिङ्गेट एकको खरिद दर ३२ रुपैयाँ ८९ पैसा र बिक्रीदर ३३ रुपैयाँ ०४ पैसा, साउथ कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ९४ पैसा र बिक्री दर ९ रुपैयाँ ९८ पैसा, स्विडिस क्रोनर एकको खरिद दर १४ रुपैयाँ ४९ पैसा र बिक्रीदर १४ रुपैयाँ ५५ पैसा र डेनिस क्रोनर एकको खरिद दर २१ रुपैयाँ ६८ पैसा र बिक्रीदर २१ रुपैयाँ ७६ पैसा ,हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ७९ पैसा र बिक्रीदर १७ रुपैयाँ ८७ पैसा, कुवेती दिनार एकको खरिद दर ४५४ रुपैयाँ८२ पैसा र बिक्रीदर ४५६ रुपैयाँ ७८ पैसा, बहराइन दिनार एकको खरिददर ३६८ रुपैयाँ ७२ पैसा र बिक्री दर ३७० रुपैयाँ ३१ पैसा, ओमनी रियाल एकको खरिद दर ३६१ रुपैैयाँ ०५ पैसा र बिक्रीदर ३६२ रुपैयाँ ६१ पैसा रहेको छ ।
त्यसै गरी,भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ र बिक्री दर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।