नाडा अटो शोमा उत्साह जनक उपस्थिति

 

काठमाडौं । अटोमोबाइल व्यवसायीहरूको छाता संगठन अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)को आयोजनामा सुरु भएको सवारी साधन प्रदर्शनी मेला‘नाडा अटो शो २०२५’मा अवलोकनकर्ताको उत्साहजनक उपस्थिति रहेको छ ।
प्रदर्शनको हिजो पहिलो दिनमा नै १९ हजार ७ सय अवलोकनकर्ताहरुको ऐतिहासिक उपस्थिति रहेको बताए ।
त्यस्तै, उनले गाडीको बुकिङहरु पनि उत्साह जनक रुपमा आएको बताउँदै अवलोकनकर्ताहरुबाट उल्लेखनीय प्रतिक्रिया आएको बताए ।शोमा सहभागिता नजनाउने कम्पनीहरुको ठूलो अवसरबाट बन्चित भएको उनको भनाइ छ ।
शोको मुख्य आकर्षणको रुपमाफ् लाइङ ट्याक्सी, रोबोटिकहरु रहेका छन् ।शोमाफ्लाइङ ट्याक्सीजस्ता नवीनतम प्रविधिहरुको प्रदर्शन गर्नु आउने पिढीको लागि मोबिलिटी सस्टेनेबल र सेफर मोबिलिटी हुनुपर्छ भन्ने सन्देश दिनु रहेको नाडाले जनाएको छ ।
शोमा इभी गाडीहरुले पनि उत्साजनक उपस्थिति जनाएका छन् ।जुकी इभी बिवाईडी, डिपल,अवतार,लगायत गाडिहरु प्रदर्शनमा राखिएको उनले जनाए ।
मुख्य आकर्षकको रुपमा प्रदर्शनमा राखिएको उक्त फ्लाइङ कार चीनबाट धरौटीमा ल्याइएको हो ।जुन शो सम्पन्न सँगै सम्बन्धित देशमा फिर्ता पठाइने छ ।
उनका अनुसार अवलोकनको लागि दुई सय रुपैयाँ बराबरको टिकटको व्यवस्था गरिएको छ ।
यस पटकको शोमा दिपलको उड्ने ट्याक्सी, मानवीकृत रोबोट नै मुख्य आकर्षकको रुपमा राखिएको छ ।
अटो शोमा ३० भन्दा बढी सवारी साधनका ब्रान्ड राखिएका छन् ।केही व्यवसायीले ‘नाडाअटो शो’लक्षित गरेर नयाँ गाडी लन्च समेत गरेका छन् ।
सवारी साधनसँगै टायर, लुब्रिकेन्ट्स जस्ता सवारी साधनसँग सम्बन्धित अन्य स्टलहरु प्नि राखिएका छन् ।नाडा अटो शो भदौ ८ गतेसम्म चल्ने छ ।

 

Spread the love