काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिद दर १३८ रुपैयाँ ९० पैसा र बिक्री दर १३९ रुपैयाँ५० पैसा कायम भएको छ।
युरोपियन युरो एकको खरिद दर १५० रुपैयाँ९५ पैसा र बिक्री दर १५१ रुपैयाँ६० पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिद दर १७९ रुपियाँ ८५ पैसा र बिक्री दर १८० रुपैयाँ६२ पैसा कायम गरिएको छ।
अष्ट्रेलियन डलर एकको खरिद दर ८७ रुपैयाँ३५ पैसा र बिक्री दर ८७ रुपैयाँ७२ पैसा, क्यानेडियन डलर एकको खरिद दर ९६ रुपैयाँ६० पैसा र बिक्री दर ९७ रुपैयाँ०२ पैसा, सिङ्गापुर डलर एकको खरिद दर १०४ रुपैयाँ ०१ पैसा र बिक्री दर १०४ रुपैयाँ४६ पैसा निर्धारण गरिएको छ।
यस्तै, जापानी येन १० को खरिद दर नौ रुपैयाँ३८ पैसा र बिक्री दर नौ रुपैयाँ४२ पैसा, चिनियाँ युआन एकको खरिद दर १९ रुपैयाँ१७ पैसा र बिक्री दर १९ रुपैयाँ २५ पैसा, साउदी अरेबियन रियाल एकको खरिद दर ३७ रुपैयाँ०४ पैसा र बिक्री दर ३७ रुपैयाँ२० पैसा, कतारी रियाल एकको खरिद दर ३८ रुपैयाँ११ पैसा र बिक्री दर ३८ रुपैयाँ२७ पैसा, युएई दिराम एकको खरिद दर ३७ रुपैयाँ८२ पैसा र बिक्री दर ३७ रुपैयाँ९८ पैसा, मलेसियन रिङ्गेट एकको खरिद दर ३१ रुपैयाँ३० पैसा र बिक्री दर ३१ रुपैयाँ४३ पैसा तोकिएको छ।