आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ३८ पैसा

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।
राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ३८ पैसा र बिक्री दर १३२ रुपैयाँ ९८ पैसा रहेको छ ।
त्यस्तै, युरो एकको खरिद दर १४४ रुपैयाँ ०७ पैसा र बिक्री दर १४४ रुपैयाँ ७२ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ९१ पैसा र बिक्रीदर १६९ रुपैयाँ ६८ पैसा पुगेको छ ।
शुक्रबार बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ३१ पैसा र बिक्रीदर १६८ रुपैयाँ ०७ पैसामा कारोबार भएको थियो । यस्तै युरो एकको खरिद दर १४३ रुपैयाँ ०७ पैसा र बिक्री दर १४४ रुपैयाँ ७२ पैसा तथा अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ४५ पैसा र बिक्री दर १३३ रुपैयाँ ०५ पैसामा कारोबार भएको थियो । आज युरो र बेलायती पाउण्डको भाउ बढेको छ ।
आज कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ ३१ पैसा र बिक्री दर ३६ रुपैयाँ ४८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

Spread the love