सीपमूलक काम र कलाको प्रर्बद्धन हुने गरी संस्कृति ऐन ल्याउँछौं

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशिला सिर्पाली ठकुरीले दलित समुदायलाई आर्थिक रुपमा सबल बनाउनुपर्ने बताएकी छन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अयोजना गरेको ‘दलित समुदायको ऐतिहासिक कला, संस्कृति, ज्ञान, सीपको जर्गेना र आधुनिक सीपशाला निर्माण तथा सीपको संथागत विकास’सम्बन्धमा राज्यको भुमिका विषयक कार्यशालामा शुक्रबार राज्यमन्त्री सिर्पालीले समुदायको सीप र कलाको व्यवसायीकरण गर्नुपर्नेमा जोड दिएकी हुन् ।
उनले दलित समुदायले गर्दै आएको कलात्मक सीपमुलक कामको विकास गर्नुपर्नेमा जोड दिँदै राज्यका नीती परिर्तन गरेर भए पनि सीप,कला र ज्ञानलाई उत्पादनमुलक काममा प्रयोग गर्ने मन्त्रालयले काम गरिरहेको जिकीर गरिन ।
कार्यशालामा प्राध्यापक डाक्टर विद्यानाथ कोईराला, प्राध्यापक ईश्वर चन्द्र ज्ञवाली र अधिवक्ता मोती नेपालीले कार्यपत्र पेश गरेका थिए । तीन वटै कार्यपत्रमा डा. गोविन्द नेपालीले टिप्पणी गरेको मन्त्रालयका संस्कृति महाशाखाका प्रमुख सुरज शरस क्षेष्ठले जानकारी दिए ।
दलित समुदायले गर्दै आएको सीपमूलक काम र कलाको प्रर्बद्धनका लागि राज्यका ऐन र कानुनको रिक्तता पुरा गर्ने तयारीमा मन्त्रालयले संस्कृति ऐन बनाउन लागेको श्रेष्ठको भनाई थियो ।
संविधानमा दलित समुदायलाई विभेद नगरे पनि सामाजिक विभेदको अन्त्य हुन नसकेको कार्यशालाको निचोड थियो ।
दलित समुदायको आर्थिक स्तर नउठदा सम्म उनीहरुका सीप र कलाहरुको समेत व्यावसायीकराण हुन नसक्ने भनाई राज्यमन्त्री सिर्पालीको छ ।
कार्यशालामा सहभागिहरुले संघीयता आएको लामो समय सम्म पनि दलितहरु माथि हुने विभेद कम नभएको भन्दै राज्यले यसलाई गम्भिरताका साथ लिनुपर्ने आवाज उठाए ।

Spread the love