इजरायल द्वारा सिरियाली राष्ट्रपति दरबार क्षेत्रमा आक्रमण

काठमाडौं । इजरायली युद्धक विमानहरूले बुधबार दक्षिणी सिरियाभरि आफ्नो हवाई आक्रमण अभियान तीव्र पारेका छन् । सोहि क्रममा इजरायली सेनाले सिरियाली सेनाको जनरल कमान्ड मुख्यालय र मध्य दमास्कसमा रहेको राष्ट्रपति दरबार क्षेत्रमा आक्रमण गरेको हो ।
सिरियाली स्वास्थ्य अधिकारीहरूका अनुसार दमास्कसमा भएको आक्रमणमापरी कम्तिमा तीन जना नागरिकको मृत्यु भएको छ भने अन्य ३४ जना घाइते भएका छन् । चाइना सेन्ट्रल टेलिभिजन (सीसीटिभि) का रिपोर्टर रान्ड शुक्रीले आक्रमणपछिको दृश्यको अभिलेख राख्दै सैन्य मुख्यालयबाट निस्केको धुवाँको भिडियो कैद गरेका छन् ।
“हामी अहिले दमास्कसको उम्मेयाद स्क्वायरमा छौं । मेरो पछाडि सिरियाली सेनाको जनरल कमान्ड र रक्षा मन्त्रालयका भवनहरू छन् । जुन इजरायली युद्धक विमानहरूले प्रहार गरेका थिए । तपाईंले देख्न सक्नुहुन्छ, उम्मेयाद स्क्वायरमा ट्राफिक सामान्य भन्दा धेरै हल्का छ, किनकि सुरक्षा बलहरूले बिस्तारै सडकहरू अवरुद्ध गरिरहेका छन्,“ रान्ड शुक्रीले भने ।
इजरायली रक्षा बल (आइडिएफ) ले त्यस दिन एक विज्ञप्ति जारी गर्दै दमास्कसमा सिरियाली शासनको सैन्य केन्द्रहरूमा आक्रमण सुरु गरेको पुष्टि ग¥यो । विज्ञप्तिमा उल्लेख गरिएको छ कि दिउँसो, आइडिएफले दमास्कसको सैन्य मुख्यालय र राष्ट्रपति दरबार नजिकैको एक सैन्य लक्ष्यमा हवाई आक्रमण गरेको थियो ।

Spread the love