एक अर्ब ४७ करोड बढीविगो दाबी गरिएका प्रमुख थापा ५० लाख धरौटीमा छुटे

रौतहट।सर्लाही जिल्ला अदालतबाट बागमती नगरपालिकाका निलम्बित नगर प्रमुख भरत बहादुर थापा धरौटीमा रिहा भएका छन् ।
डिभिजन वन कार्यालय सर्लाहीले मेयर थापा सहित ६ जना विरुद्ध गएको बैशाख ११ गते सर्लाही जिल्ला अदालतमा वन अतिक्रमण, ताल निर्माण, ढुंगा गिट्टी, बालुवा, माटो उत्खनन् गरी हानी नोक्सानी गरेकोशिर्षकमा मुद्दा दायर गरेको थियो ।
सर्लाही जिल्ला अदालतका सूचना अधिकारी सिकिन्दर कापरका अनुसार थापा ५० लाख रुपैया धरौटी बुझाएर रिहा भएका छन् ।अदालतमा आइतबार भएको थुनछेक बहसपछि न्यायाधीश जीवन कुमार भण्डारीको इजलासले थापालाई ५० लाख रुपैया धरौटीमा छाड्ने आदेश दिएको उनले जानकारी दिए।
सागरनाथ वन विकास परियोजनाको मातहतमा पर्ने वनको जग्गा अतिक्रमण गरेर बागमती माछापोखरी (भरत ताल)निर्माण गरेको भन्दै मुद्दा दायर भएको थियो ।
उनीहरुमाथि ४७ लाख घनमिटरभन्दा बढी वन पैदावारमा क्षति पुर्याएको भन्दै एक अर्ब ४७ करोड ३९ लाख ४३ हजार ३३७ रुपैयँ ४५ पैसाको बिगो दाबी गरिएको छ ।
सर्लाही जिल्ला अदालतबाट धरौटीमा रिहा भएपनि थापा विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार सम्वन्धी दुईवटा मुद्दा यसअघि नै दायर गरेको थियो ।

Spread the love