एक वर्षको अवधिमा शेयर बजारमा ३७१ अंकको गिरावट

आर्थिक वर्ष २०७४–७५ को पहिलो दिन  १ हजार ५ सय ८३ दशमलव ५७ को बिन्दूमा रहेको नेप्से आर्थिक वर्षको अन्तिम दिन नेप्से १ हजार २ सय १२ दशमलव ३६ को बिन्दूमा  पुगेर रोकिएको छ ।  यस अवधिमा नेप्से २३ . ४४ प्रतिशत अर्थात ३७१ .२१ अंकले गिरावट आएको छ ।
आर्थिक वर्षको शुरुमा समग्र पुँजीकरण १८ खर्ब ५७ अर्ब ८८ करोड रुपैयाँ पुगेको थियो । वर्षको बीचमा पुँजीकरण बढेर १९ खर्ब ५४ अर्ब रुपैयाँ सम्म पुगे पनि त्यसपछि निरन्तर ओरालो लाग्दै असार मसान्तसम्म आइपुग्दा १४ खर्ब ३५ अर्ब १३ करोड रुपैयामा खुम्चिएको हो ।  जसकारण  लगानीकर्ताले  एक वर्षको अवधिमा ४ खर्ब २२ अर्ब ७४ करोड रुपैयाँ गुमाएका छन्  ।
आर्थिक वर्ष २०७४–७५ भित्रमा एक वर्षभरी १ खर्ब १० अर्ब ७५ करोड ९५ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ ।
समूहगत रुपमा यस आर्थिक वर्षमा  बैंकिङ समूहमा २७ . ९८ प्रतिशतले घटेर १ हजार २३ दशमलव ५६ को बिन्दूमा रहेको छ ।
त्यस्तै फाइनान्स समूहमा १८ . ३९ प्रतिशतले घटेर ६०४ .३६ को बिन्दूमा रहेको छ । होटल समूहमा १८ .२१ प्रतिशतले घटेर ६०५ . ६७ को बिन्दूमा, जलविद्युत समूह २१ . ५३ प्रतिशतले घटेर १ हजार ४ ९८ . १३ को बिन्दूमा, विकास बैंक २६ . २६ प्रतिशतले घटेर १ हजार ४ ३४ . १६ को बिन्दूमा, उत्पादक तथा प्रशोधन समूहमा ४ . ३२ प्रतिशतले घटेर २ हजार २६४ . १४ को बिन्दूमा, बीमा समूहमा २५ . ७७ प्रतिशतले बढेर ६ हजार १ ९९ . ४५ को बिन्दुमा रहेको छ ।
यस वषै अन्य समुहको समुहगत परिसुचक मात्रै वृद्धि भएको छ । १ . ९८ प्रतिशतले बढेर ७ सय ७ . ६७ को बिन्दुमा  पुगेको हो । यस्तै क वर्गका मापन गर्ने सेन्सेटिभ इन्डेक्स २४ . १३ प्रतिशतले घटेर २५५ . २ को बिन्दुमा रहेको  नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

Spread the love