एनआरएनको एकता महाविधेशन शुरु, परराष्ट्रमन्त्री राणाको सुझाव एकता भएर अघि बढ्नुहोस्

काठमाडौं । गैर आवसिय नेपाली(एनआरएनए)को एकता महाधिवशेन काठमाडौंमा शुरु भएको छ।
परराष्ट्रमन्त्री आरजु देउवा राणाको प्रमुख आतित्थ्यतामा महाधिवेशन शुरु भएको हो ।काठमाडौमा शुरु भएको महाधिवेशनले एनआरएनलाई नयाँ रुपमा लैजाने अपेक्षाका विचमा शुरु भएको हो ।
सर्वोच्च अदालतको फैसला अनुसार पूर्वअध्यक्ष शेष घलेको नेतृत्वमा बनेको उच्चस्तरीय समितिको पहलमा आजदेखि काठमाडौंमा एकता महाधिवेशन शुरु भएको हो ।
एकता महाधिवेशन उद्घाटन गर्दै परराष्ट्रमन्त्री आरजु राणा देउवाले एनआरएनए परिचयपत्र मस्यौदा अन्तिम चरणमा पुगेको जानकारी दिँदै एक भएर अघि बढ्न सुझाव दिइन् ।
उनले सर्वोच्मा अदालतको फैसला लगत्तै आफूले शेष घलेसँग छलफल गरेर महाधिवेशनको बारेमा कुरा गरेको र आज यो उद्घाटन गर्न पाउँदा खुशी लागेको बताइन् ।
एनआरएनएको समन्वय गर्ने मन्त्रालयको रुपमा आफू एकता महाधिवेशनमा उपस्थित भएको भन्दै मन्त्री राणाले आगामी दिनमा सबै गैर आवासिय नेपालीहरु एक भएर अघि बढ्न पनि सुझाव दिइन् ।
कार्यक्रमका सभापति शेषघलेले एकता महाधिवेशनमा आएका आरोह अवरोधलाई सम्वोधनगर्दै अव एनआरएनए युवा पुस्ताका लागि हुनुपर्ने बताए ।
उनले आफूहरुको समय र अहिलेको समय फरक भएकाले अब युवाहरु नेतृत्वमा आर्कषित गराउन सक्नुपर्ने नत्र संस्थाको औचित्य नै समाप्त हुने भएकाले सवैले ध्यानदिने सुझाव दिए ।घलेले सर्वोच्चको फैसला आफूले कार्यान्वयन गरेको तर यसरी कार्यान्वयनमा लाग्दा तीन थान मुद्दा समेत खेप्नुपरेको बताए ।

Spread the love