काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले ताप्लेजुङको फुङ्लिङ नगरपालिकामा शाखा विस्तार गरेको छ । शुक्रबार ताप्लेजुङमा १३१ औंशाखाको औपचारिक उद्धघाटन गरेको हो ।पूर्वी पहाडी जिल्लामा रहेका ग्राहकहरूलाई अत्याधुनिक दिगो, दरिलो र विश्वासिलो बैंकिङ सेवा र सुविधाहरू उपलब्ध गराउने उद्देश्यले उक्त शाखा विस्तार गरिएको बैंकले जनाएको छ ।
उद्धघाटन कार्यक्रममा बैंकका सञ्चालक किरण कुमार श्रेष्ठ, नायव प्रमुख कार्यकारी अधिकृत विजयकुमार शर्मा र कोशी प्रदेशका प्रमुख सुधीर गौतम, स्थानीय जनप्रतिनिधिहरू लगायत स्थानीय बासीको उत्साहजनक उपस्थिति रहेको बैकले जनाएको छ । फुङ्लिङमा क्षेत्रको आर्थिक गतिविधिमा थप योगदान पुग्न गइ समग्र आर्थिक विकासमा टेवापुग्ने विश्वास बैंकले लिएको छ । हाल एभरेष्ट बैंकका १४ लाखभन्दा बढी ग्राहक संख्या, देसभर १३१ शाखा संजाल, ४ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालयहरु, १६७ एटीएम रहेको बैंंकले जनाएको छ ।
एभरेष्ट बैंक लिमिटेडले विहीबार पाँचथर जिल्लाको फिदिम नगरपालिका वडा नं १ पाँचथरमा १३०औं शाखाको औपचारिक उद्धघाटन गरेको थियो ।