काठमाडौं । लत्ता कपडा, विद्युतीय सामग्री एवम अन्य दैनिक उपभोग्य सामग्रीको मुख्य केन्द्र मानिने काठमाडौंका असन, महाबौद्ध, न्यूरोड, इन्द्रचोकमा व्यवसायिक चहलपहल कम भएको प्रति स्थानीय व्यापारीहरुले गुनासो गरेका छन् ।
आर्थिक मन्दी, सीमानाकामा झन्झटिलो प्रक्रिया एवम पार्किङल गायतका समस्याका कारण पहिलेको तुलनामा हाल व्यवसायिक चहलपहल कमी भएको उनीहरुको भनाई छ ।
काठमाडौंको हब मानिने यी व्यापारिक केन्द्रमा व्यवसाय ठप्प हुने अवस्था आएको व्यापारीहरुको गुनासो छ । विशेष गरी भारत एवम चीनबाट सामान आयात गर्न बढी झन्झटिलो भएको उनीहरुको भनाई छ । आर्थिक मन्दी साथै सवारी साधन पार्किङको समस्याले पनि असर पारेको उनीहरुको भनाई छ ।
महाबौद्ध क्षेत्रमा विगत सात वर्षदेखि कपडा व्यापार गर्दै आएका दिपक आचार्य चीनबाट सामान ल्याउँदा भन्सारदरमा तलमाथि भइरहने,सामानहरु समयमै आइ नपुग्ने, कहिलेकाहीं बाटोको समस्या हुँदा व्यापार गर्न समस्या हुने गरेको बताए ।
‘पाँच हजार पिस सामान ल्याउँदा पाँचसय मात्र खपत हुने, बाँकी सेलमा बेच्नपर्ने अवस्था छ । यसवर्षको जाडो मौसममा पनि कपडाको व्यापार न्यून भयो,’ उनले भने । आयात गरिएको सामान खपत नहुँदा व्यापारीहरु प्लायन हुने अवस्थामा रहेको उनले सुनाए ।

हरेक कुरामाराजनीतिकरणनगरेर एउटा सरल ढंगले क्षमता भएको मान्छेलाई रोजगारीको अवस्था सिर्जना गरे सबै युवालाई स्वदेशमै बस्ने अवस्था बनाउन उनले सुझाव दिए ।
यस्तै,काठमाडौं मैविगत १९ वर्षदेखि कपडाकै व्यापार गर्दै आएका नन्दराज मैनालीले पहिलेको तुलनामा यस वर्षको बाक्लो कपडाव्यापार करिब ७५ प्रतिशतले घटेको बताए । पहिलेका स्टक सामानहरु समेत नजाने कारणले टिक्न समेत नसक्ने अवस्थामा पुगेको गुनासो गरे ।

भन्सारमा तिरेको शुल्क समेत सामान बेचेर उठाउननसकेको भन्दै उनले अहिले सबैभन्दाठूलो मारमा व्यापारी परेको बताए ।

