काठमाडौंमा चौथो अन्तर्राष्ट्रिय चिया सम्मलेन शुरु, शुक्रवार र शनिवार इलाममा हुने

राष्ट्रिय चिया दिवसका अवसर काठमाडौंमा बिहीवार देखि अन्तर्राष्ट्रिय चिया महोत्सव शुरु भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र राष्ट्रिय चिया तथा कफी विकास बोर्डको संयुक्त आयोजनामा बिहीवारदेखि काठमाडौंको भृकुटीमण्डपमा अन्तर्राष्ट्रिय चौथो चिया महोत्सव शुरु भएको हो । महोत्सवको उद्घाटन कृषि,पशुपंक्षीमन्त्री डा.वेदुराम भुसाल र उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले गर्नुभएको छ । अन्तर्राष्ट्रिय बजारमा स्वदेशी चियाको प्रवद्र्धन गर्ने उद्देश्यले अन्तर्राष्ट्रिय चिया महोत्सव गरिएको आयोजकले बताएको छ ।
महोत्सव बिहीवार काठमाडौंमा शुक्रवार र शनिवार इलाममा हुनेछ । चिया महोत्सवमा रुस, दुबई, चीन, अमेरिका, जापानका चिया व्यापारी सहभागी भएका छन्। विदेशी चिया व्यापारीलाई इलाममा स्थलगत भ्रमणसमेत गराउने आयोजकले जानकारी दिएको छ । १५ र १६ गते व्यापारीलाई चिया बगैंचा अवलोकन तथा फ्याक्ट्री भ्रमण गराउनका साथै चिया परीक्षणसमेत गराउने कार्यक्रम रहेको छ ।

Spread the love