काठमाडौं । सञ्चार तथा सूचनाप्रविधिमन्त्री पृथ्वी सुव्वा गुरुङले सबै निकायहरुले कानूनले दिएको आम्दानीको स्रोतहरुको खोजी गर्न आग्रह गरेका छन् ।
आइतबार विषयगत समिति (सञ्चार तथा सूचनाप्रविधि क्षेत्र)को बैठकमा बोल्दै उनले सबै निकायले आम्दानीको स्रोतहरु खोज्न र कानून बनाएर काम गर्न आग्रह गरेका हुन् ।
उनले विद्यालय, स्वास्थ्य चौकी र प्रहरी कार्यालयहरुमा ल्यापटप सम्म नहुनु दुःखद कुरा भएको भन्दै सबै ठाउँमा इन्टरनेट उपलब्ध गराउने पनि बताए । उनले राज्यले धेरै खर्च गरेको तर काम नदेखिएको भन्दै ‘संघीय सांसदलाई हात्तीभन्दै प्रदेश सांसदलाई बाख्राको संज्ञा दिए ।