के छ आज बिदेशी मुद्राको विनिमय दर ?

असार २१, काठमाडौं । नेपाल राष्ट्र बैंकले आज सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ २९ पैसा र बिक्रीदर ११९ रुपैयाँ ८९ पैसा रहेको छ ।

त्यस्तै, युरो एकको खरिददर १४१ रुपैयाँ ५४ पैसा र बिक्रीदर १४२ रुपैयाँ २५ पैसा रहेको छ । कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ५७ पैसा र बिक्रीदर ३२ रुपैयाँ ७३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

बेलायती पाउण्ड एकको खरिददर १६४ रुपैयाँ ८७ पैसा र बिक्रीदर १६५ रुपैयाँ ७० पैसा रहेको छ ।

                                      हेरौं, आजको बिदेशी मुद्राको विनिमय दर ।

 

Spread the love