साउन १०, काठमाडौं । नेपाल राष्ट्र बैंकले आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ ७५ पैसा र बिक्रीदर ११९ रुपैयाँ ३५ पैसा रहेको छ ।
युरो एकको खरिददर १३९ रुपैयाँ ६८ पैसा र बिक्रीदर १४० रुपैयाँ ३९ पैसा रहेको छ । कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ६१ पैसा र बिक्रीदर ३२ रुपैयाँ ७८ पैसा रहेको छ ।
बेलायती पाउण्ड एकको खरिददर १६३ रुपैयाँ ०२ पैसा र बिक्रीदर १६३ रुपैयाँ ८४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

हेरौं आजको विनिमय दर ।

