साताको पहिलो दिन यस्तो छ तरकारीको मुल्य

साउन १०,काठमाडौं ।आइतवार काठमाण्डौमा आलु रातो(भारतिय) को मुल्य स्थिर रहेको छ। शनिवार प्रतिकेजी २९ रुपैयामा कारोवार भएको आलु रातो (भारतिय)को मुल्य आइतवार  पनि प्रतिकेजी २९ रुपैयामा कारोवार भइरहेको छ । आइतवार काउली (स्थानिय)को मुल्यमा ७ रूपैयाँले बृद्धि भएको छ । शनिवार प्रतिकेजी ७८ रुपैयामा कारोवार भएको काउली (स्थानिय)को मुल्य आइतवार प्रतिकेजी ८५ रुपैयामा कारोवार भइरहेको छ ।

आइतवार प्याज सुकेको (भारतिय)को मुल्यमा कुनै परिवर्तन भएको छैन ।शनिवार प्रतिकेजी ४६ रुपैयाँमा कारोवार भएको प्याज सुकेको (भारतिय)आइतवार पनि प्रतिकेजी ४६ रुपैयामा कारोवार भइरहेको छ।

शनिवारको तुलनामा आइतवार गोलभेडा सानो(टनेल)को मुल्यमा सामान्य गिरावट भएको छ । शनिवार प्रतिकेजी २९ रुपैयामा कारोवार भएको गोलभेडा सानो(टनेल) आइतवार प्रतिकेजी ३१ रुपैया ५० पैसामा कारोवार भइरहेको छ । आइतवार सानो गोलभेडा(लोकल्) को मुल्यमा कुनै परिवर्तन भएको छैन । शनिवार प्रतिकेजी २२ रुपैया ५० पैसामा कारोवार भएको सानो गोलभेडा(लोकल्) को मुल्य आइतवार पनि प्रतिकेजी २२ रुपैया ५० पैसा मा कारोवार भइरहेको छ।

Spread the love