असार ८, काठमाडौं । नेपाल राष्ट्र बैंकले आज मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ २७ पैसा र बिक्रीदर ११८ रुपैयाँ ८७ पैसा रहेको छ ।
यसैगरी युरो एकको खरिददर १४० रुपैयाँ ७३ पैसा र बिक्रीदर १४१ रुपैयाँ ४४ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिददर १६४ रुपैयाँ ०३ पैसा र बिक्रीदर १६४ रुपैयाँ ८७ पैसा रहेको छ ।
कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ४८ पैसा र बिक्रीदर ३२ रुपैयाँ ६५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

हेरौं बिदेशी मुद्राको दररेट ।

