हुन्डाई प्यालिसेड नेपाल भित्रियो

असार ७, काठमाडौं । हुन्डाई गाडीको नेपालको लागि आधिकारीक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि. ले नयाँ एसयूभी प्यालिसेड नेपाल भित्र्याएको छ । प्यालिसेड ७ सीटर प्रिमियम एसयूभी हो ।

कम्पनी स्रोत अनुसार यो कार छिट्टै आधिकारीक रूपमा सार्वजनिक हुनेछ । यो कार कोरियामा उत्पादन भएर नेपाल आएको हो ।
नेपाली बजारमा प्यालिसेड २÷२ लिटरको डिजल इन्जिन अप्सनमा आउने सम्भावना रहेको छ जसले २०० पीएस पावर तथा १७५०÷२७५० आरपिमटर्क उत्पादन गर्नेछ ।

यो एसयूभी ८ स्पीड अटोमेटिक ट्रान्समीसनमा उपलब्ध रहेको छ । नेपाली बजारमा यो एसयूभीको शुरूको मूल्य २ करोड रुपैयाँ पर्ने अनुमान गरिएको छ । नेपाली बजारमा यो एसयूभीको प्रतिस्पर्धा टोयाटाको फर्चुनर, मित्सुबिशी पजेरो र फोर्डको इन्डेभरसँग हुनेछ ।

Spread the love