के छ आज बिदेशी मुद्राको विनिमय दर ?

असार १०, काठमाडौं । नेपाल राष्ट्र बैंकले बिदेशी मुद्रा सटही गर्न आज बिहिवार दररेट तोकेको छ । बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ ५४ पैसा र बिक्रीदर ११९ रुपैयाँ १४ पैसा रहेको छ ।

त्यसैगरि, युरो एकको खरिददर १४१ रुपैयाँ ५४ पैसा र बिक्रीदर १४२ रुपैयाँ २६ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिददर १६५ रुपैयाँ ४९ पैसा र बिक्रीदर १६६ रुपैयाँ ३३ पैसा रहेको छ ।

कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ०२ पैसा र बिक्रीदर ३२ रुपैयाँ १८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

                         हेरौं, बिदेशी मुद्राको दररेट ।

Spread the love