ग्लोबल आइएमई बैंकद्धारा ब्याजदर सुबिधा, मुद्दती बचतमा ८.०१ प्रतिशत व्याज

असार १०, काठमाडौं । ग्लोबल आइएमई बैंकले मुद्दती बचत खातामा अधिकतम ८.०१ प्रतिशतसम्म ब्याज दिने सुबिधा प्रदान गरेको छ ।
यो सुबिधा असार १ गतेदेखि लागू भएको हो ।

बैंकको नयाँ ब्याजदर अनुसार बैंकले एक वर्ष वा सोभन्दा माथि मुद्दती बचत खातामा ग्राहकहरुलाई वार्षिक ८.०१ प्रतिशतसम्म ब्याजदर उपलब्ध गराउने जनाएको छ ।

साथै, मुद्दती खाता ग्लोबल आइएमई बैंकको मोबाइल बैंकिङ र ईन्टरनेट बैंकिङ प्रयोग गरी सुरक्षित रही घरबाट नै खोल्न समेत सकिनेछ । बैंकले आफ्ना ग्राहकहरूलाई निक्षेपमा उच्चतम् प्रतिफल, कर्जामा विशेष सहुलियत र व्यक्ति विशेष सेवा उपलब्ध गराउँदै आएको छ ।

ग्लोबल आइएमई बैंकले मुलुकभर तथा मुलुक बाहिर गरी सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पु¥याउने उद्देश्यले ७ वटै प्रदेश तथा ७६ जिल्लामा बैंकको २७३ शाखा, २४७ एटीएम, २५७ शाखा रहित बैंकिङ सेवा, ४७ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करिब ८०० सेवा केन्द्रबाट २२ लाख भन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ ।

त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानाडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भि¥याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पु¥याउँदै आइरहेको छ ।

सबैका लागि बैंक’ भन्ने नारालाई सार्थकता दिँदै बैंकले २४ लाख भन्दा बढी ग्राहकहरु माझ सेवा प्रदान गर्दै आएको छ । ग्लोबल आइएमई बैंकले रेमिट्यान्स स्वदेशी भित्र्याउनका लागि बिश्वभरि फैलिएको छ ।

Spread the love