फागुन १५,काठमाडौं । खल्तीले नेशनल लाइफ इन्स्योरेन्स कम्पनीका ग्राहकहरुलाई बीमा प्रिमियम अनलाइनबाट तिर्ने नयाँ सुविधा ल्याउनुको साथै ल्याएको १० % क्यासब्याक को अफर ल्याएको छ ।
समय सीमाको कारणले जरिवाना तिर्ने वा कार्यालय जान समय निकाल्ने पर्ने स्थितिको विचार पुर्याउदै ल्याइएको यो सेवाले तुरुन्तै बिल भुक्तानीलाई सजिलो बनाउने र प्रयोगकर्ताले १०% क्यास्ब्याक (रू१०० सम्म) पाउनका लागि प्रोमोकोड NATIONAL100 प्रयोग गरि प्राप्त गर्नसक्ने जनाइएको छ ।
रु ५००० माथिको नविकरण बीमा शुल्क भुक्तानी गर्नुपरेमा ग्राहकले आफ्नो खल्ती केवाईसि भने अनिवार्य रुपमा भेरीफाई गराएको हुनुपर्ने जनाइएको छ ।

