फागुन १६,काठमाडौं । सोमबार सुनको मुल्य १ हजार ६ सयले वृद्धि भएको छ ।
आइतबार प्रतितोला ९६ हजार ६ सयमा कारोवार भएको सुनको मुल्य सोमबार प्रतितोला ९८ हजार २ सयमा कारोवार भइरहेको छ । सोमबार तेजावी सुनको मुल्य प्रतितोला ९७ हजार ७ सयमा कारोवार भइरहेको छ ।
सोमबार चाँदीको मुल्य ४५ रुपैँयाले वृद्धि भएको छ । आइतबार प्रतितोला १ हजार २ सय ९५ रुपैँयामा कारोवार भएको चाँदीको मुल्य सोमबार प्रतितोला १ हजार ३ सय ४० रुपैँयामा कारोवार भइरहेको नेपाल सुन चाँदी माहासंघले जनाएको छ ।

