खुल्यो नाडा अटो शो २०२५ को बुकिङ्ग

काठमाडौँ । अटोमोवाइल्स् एशोसिएशन अफ नेपालले नाडा अटो शो २०२५ का लागि बुकिङ्ग् खुल्ला गरेको छ । २०८२ भाद्र ३ देखि ८ गते सम्म १७ औं संस्करणको नाडा अटो शो २०२५ का लागि बुकिङ्ग खुल्ला गरिएको अटोमोवाइल्स् एशोसिएशन अफ नेपाल नाडाले जनाएको छ । काठमाण्डौंको भृकुुुुटीमण्डप प्रदर्शनी स्थलमा आयोजना हुने उक्त प्रदर्शनीको लागि फाल्गुन २७ देखि चैत्र ४ गतेसम्म स्टल बुकिङ्गका लागि रजिष्ट्रेशन खुल्ला गरेको हो । प्रदर्शनीमा भाग लिने सम्बन्धी गरिएको सर्वेक्षणको आधारमा स्टलका लागि अत्याधिक माग भएकाले विगतका संस्करणहरु जस्तै यस वर्ष पनि गोला प्रथाद्वारा नै स्टल उपलब्ध गराइने नाडाले जनाएको छ ।
नाडा अटो शो २०२५ को सन्दर्भमा भारत र चीन लगायतका अटोमोवाइल कम्पनीहरुबाट समेत जानकारी माग भइरहेकोले गत बर्षहरुको तुलनामा यस बर्ष छिटै रजिष्ट्रेशन खुल्ला गरिएको नाडा अटो शो २०२५का सह संयोजक अनुप कुमार बरालले बताए ।
नाडा अटो शो २०२५ का सह संयोजक अनुपकुमार बरालका अनुसार अर्थतन्त्रमा राजस्व संकलन र रोजगारी सृजनाका लागि विषेश योगदान पु¥याउदै आईरहेको सवारी साधन क्षेत्रमा संलग्न उद्योगी, व्यवसायी, कर्मचारी एवं आम उपभोक्ताहरूलाई यस नाडा अटो शो २०२५ ले सकारात्मक उर्जा एवं नवीनतम् प्रविधिहरुको साक्षात्कार गराउने विश्वास आयोजक नाडाले लिएकोे छ ।

 

Spread the love